तुलसीपुर । अटोमा भेटिएको करिब एक लाख बराबरको गहना चालकले सम्बन्धित व्यक्तिलाई दिएका छन् । रा१ह ३९१२ नम्बरको अटो चालक टेक बहादुर रोकाले सल्यानको लान्ती निवासी लिला रानाको तिलहरी, चोकर, झुम्का भेटिएको भोलिपल्ट सम्बन्धित व्यक्तिलाई बुझाउनु भएको हो ।
सिटी हस्पिटलमा उपचार गरेर बसपार्कमा रहेको आफन्तको घरमा फर्किदै गर्दा गरगहना सहितको ब्याग अटोमा छुटेको थियो । यस अघि पनि अटो चालक रोकाले यात्रुको छुटेको नगद १ लाख, मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाएको बताउनुभयो ।