दाङ । दाङको तुलसीपुरमा नेपाली चुलो सञ्चालनमा आएको छ । व्यस्थ जीवन शैलीका कारण अर्गानिक खानाबाट मानिसहरू टाढिँदै गइरहेका बेला द पार्क क्याफे भित्र नेपाली चुलो सञ्चालनमा आएको हो । नेपाली चुलोमा नेवारी बासमतीको चामल, सिमीको कालो दाल, सिलौटामा पिसेको धनियाँ, मसला, खोर्सानी, अचार, लोकल भाले, तन्दुरी रोटी, बटरनान लगायतका परिकारहरू पाइने सञ्चालक राजेन्द्र महताराले जानकारी दिनुभयो ।
द पार्क क्याफेको सफलता पछि ग्राहकको माग अनुसार २५ लाख लागतमा नेपाली चुलो सञ्चालनमा ल्याएको सञ्चालक महताराले बताउनुभयो । आफूसँगका युवाहरू धेरै धन कमाउने आशमा विदेश गइरहेका बेला स्वदेशमा बसेर केही गर्न सकिन्छ भन्ने आँटका साथ व्यवसायमा लागेको उहाँले बताउनुभयो ।
‘पैसाका लागि विदेशमा जे पनि काम गर्न तयार हुने तर नेपालमा दुःख नगरेर पैसा कमाउने सोच हुँदा युवाहरू आज विदेश पलाइन भइरहेका छन् । यसले धन त कमाउन सकिएला तर घरपरिवारको माया, आत्मीयता र खुशी पाउन सकिदैन । कतिपयको त न ज्यू हात न धन हात पनि भएको छ । त्यसकारण स्वदेशमै बसेर बाँच्न सकिन्छ । व्यवसाय गरेर कमाउन सकिन्छ भन्ने सोच सबैमा पलाउनु पर्छ ।’ सञ्चालक महताराले भन्नुभयो । नेपाली चुलोमा अहिले ७ जनाले रोजगार पाएका छन् ।