तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले सबै क्रसर उद्योगलाई भ्याट बिल जारी गरेर मात्रै नदी जन्य पदार्थ विक्री वितरण गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ विक्री गर्दा अनिवार्य रुपमा भ्याट विल जारी गरेर मात्र विक्री वितरण गर्न आग्रह गरेको हो ।
पछि जारी गरिएका भ्याट विल मान्य नहुँने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीद्धारा हस्ताक्षेरित पत्रमा उल्लेख गरिएकोे छ । पछि जारी गरिएको बिल भेटिएमा भ्याट विल उपर ऐन नियम अनुसार हुने समेत प्रमुख केसीले बताउनुभएको छ ।